सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण

काठमाडौँ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण माग गरेका छन् । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री ओली ४८ घण्टे स्पष्टीकरण माग गरेका हुन् ।

अध्यक्ष ओलीले शाहलाई ४८ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन भनेको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले बताए । एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसंवत ढंगबाट चित्तबुझ्दो जवाफ नदिए साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिने प्रतिक्रिया दिएका छन् ।

पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);