भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी

माघ १० बिहिबार
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् ।

उनीहरुको ठेगाना भने खुलाइएको छैन ।हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ ।

Leave a Reply