काठमाडौं । सरकारले खानीजन्य वस्तुको निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्ने निर्णय गरेसँगै चर्को विरोध भएको छ । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८-०७९ को बजेटमा खानीजन्य वस्तुको निर्यात गरी व्यापार घाटा कम गर्ने उल्लेख गरिएसँगै चर्को विरोध भएको हो । तर अर्थमन्त्रालयले यसको बचाउ गरेको छ ।