देश/समाज

काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु

२०८१,८,११
काठमाण्डौ उपत्यकासहित तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ । हुस्सुका कारण बिहान भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा हुस्सु हट्ने र भिजिविलिटी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो केहीबेर बादल लागे पनि धेरै ठाउँको मौसम घमाइलो हुने मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।यी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

Related Post
Share

This website uses cookies.