दाङ । दाङमा प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ४ भकारे निवासी ८४ वर्षीय रामु केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केसीलाई प्रहरीले बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको जनाएको छ ।
उनलाई अदालतले २०७६ मंसिर २६ गते जवरजस्ती मुद्धामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद २ लाख २५ हजार रुपैया जरिवाना फैसला गरेको थियो । फरार हुदै आएका केसीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई सजाय भुक्तानका लागी बिहीबार दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।