अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

कैलाली । भजनी नगरपालिका(५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपलिका(१ गौनिया बस्ने २८ वर्षीय गणेश कोली र सोही नगरपालिका(२ रजवारा बस्ने ३२ वर्षीय मनोज मल्ल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको से।७ प ८६४७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक कोली र स्कुटरमा सवार मल्ललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);