काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा हुने ६ हजार ५ सय ४३ संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ५ मा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९० संक्रमितले ज्यान गुमाएका छन् ।