एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय नजिकै भएको बम बिस्फोटमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
विद्यार्थीहरु भवन बाहिर निस्कने क्रममा भएको उक्त विस्फोट भएको त्यहाँको सरकारले जनाएको छ ।
मृत्यु हुनेहरु अधिकांश बालबालिका रहेको जनाइएको छ ।
सो विस्फोटको घटना तालिवानी आतंककारीले गराएको हुनसक्ने सरकारी आशंका भएपनि कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् ।
अफगान अधिकारीहरुले कारमा मोटार प्रहार गरी विस्फोट गराइएको दाबी गरेका छन् ।
गत वर्ष पनि सोही स्थानको प्रसुती अस्पतालमा विस्फोट हुँदा २४ जना सुत्केरी र नवजात शिशुहरुको मृत्यु भएको थियो । अमेरिकाले आफ्ना सेना फिर्ता लैजाने घोषणा गरेसँगै अफगानिस्तानमा फेरि हिंसात्मक गतिविधिहरु हुन थालेको अनुमान गरिएको छ ।