एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण एकैदिन मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार हजार १ सय ८७ संक्रमितको मृत्यु भएको छ ।
भारतमा संक्रमणका कारण मृत्यु हुनेको यो संख्या हालसम्म कै उच्च हो । योसँगै भारतमा संक्रमणका कारण दुई लाख ३८ हजार २ सय ७० पुगेको छ ।
त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा चार लाख १ हजार ७८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा भएका १८ लाख ८ हजार ३ सय ४४ परीक्षणमध्ये चार लाख १ हजार १ सय ७८ मा संक्रमण पुष्टि भएको हो । अघिल्लो २४ घण्टामा भने चार लाख १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।
योसँगै भारतमा संक्रमित हुनेको जम्मा संख्या दुई करोड १८ लाख ९२ हजार ६ सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका तीन लाख १८ हजार ६ सय ९ सहित भारतमा हालसम्म एक करोड ७९ लाख ३० हजार ९ सय ६० ले कोरोनालाई जितेका छन् ।
हाल भारतमा तीन लाख ३७ लाख २३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १६ करोड ७३ लाख ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।