कंगनालाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कंगनालाई कोरोना संक्रमण

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनावत कोरोना संक्रमित भएकी छिन् ।

उनले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू संक्रमित भएको जानकारी गराएकी हुन् ।

शरिरमा थकान र कमजोरी तथा आखाँ पोल्ने समस्या देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएपछि आज रिपोर्ट पोजिटिभ आएको उनले बताएकी छन् ।

आफू कोरोना संक्रमित भएको थाहा भएपछि उनले कोरोनालाई नष्ट गर्ने बताएकी छन् । हाल उनी क्वारेन्टिनमा छिन् ।

उनले कोरोना सामान्य फ्लू मात्र भएको र सञ्चारमाध्यममा अनावश्यक स्थान दिइएको भन्दै सबैलाई कोरोना नष्ट गर्न भनेकी छिन् ।

पछिल्लो सयमा भारतमा भयावह बनेको कोरोना संक्रमणलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भईरहेका बेला उनी आफ्ना सामाजिक सञ्जालहरुमा मोदीको पक्षमा बोल्दै आएका छन् । रनावतलाई मोदी निकट मानिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);