‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर

काठमाडाैं ।

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले समग्र पार्टी नै कमजोर बनेको भन्दै नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गर्नुभएको छ । पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिहरूलाई लिएर संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका बीच बलायरले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले पार्टीभित्र भइरहेका गतिविधिहरूलाई ‘समानान्तर’ भन्न नमिल्ने तर्क गर्दै यसलाई काँग्रेसप्रतिको चिन्ता र चासोका रूपमा लिनुपर्ने बताउनु भयो ।

उहाँले दुवै पक्षले दम्भ त्यागेर बीचको बाटो अपनाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । पार्टीको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै बलायरले अहिले काँग्रेसमा कोही पनि चोखो नरहेको बताउनु भयो । आम कार्यकर्तामा पार्टी विभाजित हुने हो कि भन्ने त्रास रहेको सन्दर्भमा बलायरले अर्को पार्टी गठन गर्नका लागि भएको भेला नभएको बताउनु भयो । उहाँले अहिलेको अवस्थामा अतिवाद र चरम उत्कर्षमा पुगेर एकले अर्काको ‘वध’ गरेर कसैलाई पनि उपलब्धि नहुने चेतावनी दिनुभयो । आगामी दिनमा काँग्रेसलाई कसरी पुनर्ताजगी दिने भन्नेमा दुवै पक्ष जिम्मेवार र चिन्तित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार