बेलझुण्डी बेडको अभाव ६ जनाको बरण्डामा उपचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बेलझुण्डी बेडको अभाव ६ जनाको बरण्डामा उपचार

दाङ । दाङमा दिनप्रतिदिन कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गइरहेको छ । जिल्लामा रहेको कोरोना विशेष अस्पतालमा बेडको अभावका कारण विरामीहरु भवन बाहिर उपचार गर्न बाध्य भएका छन् ।

अस्पतालमा अहिले ५ जना आइसीयुमा र ३८ जना एचडीयु बेडमा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । अस्पतालमा बेडको अभाव भएपछि अहिले ६ जनाले अस्पतालको बरण्डामा बसेर उपचार गराइरहेको उनको भनाई छ ।

अस्पतालमा अहिले ५ वटा आइसीयु र ३० वटा एचडियु बेड छन् । उनका अनुसार घोराहीका ५ जना महिला र ८ जना पुरुष गरी १३ जना, तुलसीपुरका ८ महिला र १२ पुरुष गरी २० जना, दंगीशरण र शान्तिनगरका २/२ जना, बबईका ३ जना, बंगलाचुलीका १ जना, गढवाका १ जना र बाहिरी जिल्लाका १ जना गरी ४३ जना उपचारमा रहेका छन् ।

त्यस्तै, हाल सम्म अस्पतालमा १३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । आज मात्रै तुलसीपुर उपमहानगरपालिका १२ की ७० बर्षीया महिलाको अस्पतालमा ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए ।

हाल सम्म अस्पतालमा मृत्यु हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुरका ४ जना, शान्तिनगरका १ जना र बाहिरी जिल्लाका १ जना रहेका छन् । साथै, शुक्रबार अस्पतालबाट ६ जना निको भएर डिस्चार्ज भएका छन् । तुलसीपुरका ३ जना, घोराहीका १ जना, बबईका १ जना र बाहिरी जिल्लाका १ जना हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);