एजेन्सी, २८ असोज । कार्गो विमान दुर्घटना हुदाँ तीन जनाको मूत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
अबिदजान विमानस्थलबाट उडेको केहीबेरमा नै आइवरी कोस्ट समुद्रमा दुर्घटना भएको बिबिसिले जनाएको छ । विमानले फ्रान्स सेनाका लागि सामान लिएर उडेको थियो ।
भारी वर्षाका कारण दुर्घटना भएको जनाइएको छ ।
घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।