देश विकास गर्ने अनुकुल समय यही होः पूर्वराष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

देश विकास गर्ने अनुकुल समय यही होः पूर्वराष्ट्रपति भण्डारी

माघ २५, शुक्रबार

काठमाडौं

शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ । शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनु भयो । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताउनु भयो । विगतमा तीन÷तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताउनु भयो । उहाँले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताउनु भयो । उहाँले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताउनु भयो ।

Leave a Reply