नेकपा एमालेद्धारा पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेकपा एमालेद्धारा पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्नेमा जोड

काठमाडाैं । सत्ताधारी दल नेकपा एमालेको अनुशासन आयोगले पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एक ढिक्का बनाउन उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बैठकमा असहमत पक्षलाई कुनै सूचना नदिएर निर्णय गरेकाले तत्काल सच्याउनुपर्नेमा जोड दिइएको छ । पार्टीमा बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर स्थितिलाई थप असहज बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);