लकडाउन खुकुलो पार्न प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लकडाउन खुकुलो पार्न प्रधानमन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौं, २२ भदौ । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताउनुभयो । जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताउनुभयो ।

अवको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताउनुभयो । अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो । व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शुन्य हुने स्थिति आएकाले आफुहरु समस्यामा परेको कुरा स्पस्टसँग राखेको श्रेष्ठले बताउनुभयो ।

सरकारले गत जेठ महिना सम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताउनुभयो । सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजिकरण गर्नुपर्ने श्रेष्ठको भनाई छ । त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनरकर्जा कोषलाई पुनरसंरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनरसंरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उहाँले बताउनुभयो ।

व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाउनुभएको पनि श्रेष्ठले बताउनुभयो । व्यवसायी र प्रधानमन्त्री ओलीबिचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित हुनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);