भारतमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

भारतमा कोरोना संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै

एजेन्सी, ३० चैत । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६९ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिन संक्रमित हुनको संख्या भन्दा करिब १७ हजारले बढी हो ।

यो पनि पढ्नुहोस

भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या डेढ लाख नाघ्यो
corona
कोरोना अपडेट: संक्रमित हुने ४१ लाख ७९ हजार नाघ्यो, १४ लाख ९० हजार बढी निको भए

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका १० राज्यहरु महाराष्ट्र, छत्तीसगढ, उत्तर प्रदेश, दिल्ली, कर्नाटक, तमिल नाडु, केरला, मध्य प्रदेश, गुजरात र राजस्थानमा दैनिक संक्रमित हुनेको संख्या उच्च देखिएको छ।

योसँगै भारतमा संक्रमितको कुल संख्या एक करोड ३५ लाख २८ हजार ७ सय १९ पुगेको छ । भारतमा दैनिक संक्रमित संख्या हरेक दिन उच्च हुँदै गईरहेको छ। संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ ।

आइतबार कोरोना संक्रमणका कारण भारतमा ९०४ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म एक लाख ७० हजार २ सय ९ जना मृत्यु हुनेकाे संख्या पुगेको छ । हाल भारतमा ११ लाख ९५ हजार ९६०सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितको संख्या सोमबार १२ लाख कट्ने अनुमान गरिएको छ।

Leave a Reply