जसपाको बैठकमा सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

जसपाको बैठकमा सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् ।

जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताए । उहाँले भन्नुभयो – ‘अहिले जुन प्रकारको राष्ट्रिय लेभलमा जुन प्रकारको समस्या देखा परेको छ । त्यो समस्या समाधान गर्न यी दलहरु बारम्बार प्रयोग भए, असफल भए । त्यसैले अब यो ऐतिहासिक कार्यभारको नेतृत्व जसपा लिन तयार रहनुपर्छ र जसपा त्यसको लागि पहलकदमी गर्नुपर्छ भन्ने कोणबाट हामी बहस थालेका छौँ ।’

शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा ब्रिफिङ गरेको पनि नेता यादवले जानकारी दिए।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको पनि बताए ।

संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफुहरुको सहकार्य र समन्वय हुने उनले स्पष्ट पारे । उनले भने – ‘प्रतिगमनकारी शक्तिसँग, लोकतन्त्र विरोधी, संघीयता बिरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । क्लियर छ हाम्रो यसमा । हामी संघीयता पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधर शक्तिहरुको बीचमा सहकार्य, समन्वय र समाजस्य गरेर मुलुकलाई निकाश दिनुपर्दछ र अहिलेको आवस्था भन्ने हो भने सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीले असंवैधानिक कार्य ग¥यो भनेर ठहर गरिसकेपछि संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने स्पष्ट अडान हाम्रो पार्टीको रहेको छ ।’

जसपाले सत्ता समिकरणको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यस्तै संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष यादवले बताए ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि