सुनसरीको बराह क्षेत्रमा कांग्रेसद्बारा नगरसभा बहिस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनसरीको बराह क्षेत्रमा कांग्रेसद्बारा नगरसभा बहिस्कार

विनोद आचार्य
सुनसरी, २८ फागुन ।
सुनसरीको चतरास्थित बराह क्षेत्र नगरपालिकाको सातौँ नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन्।

नेपाली कांग्रेस नगरकार्य समिति बराह क्षेत्रको ह्वीप अनुसार बिहान सम्पन्न नगरकार्यपालिका सदस्यको बैठकसमेत बहिस्कार गरेका थिए।

वडानं ३का वडाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले नगरसभा लिखित असन्तुष्टपत्र बुझाउँदै बहिस्कार गरेका थिए।

साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटी निर्णय गर्दे काम गरेको, ढेक्कापट्टा,टेन्डरमा सेटिङ्ग गरि कार्यकर्ता रिजाउने गरेको, विकास निर्माणमा एकलौटी गरि राजनैतिक पूर्वाग्रह र मिलेमतो गरि आर्थिक अपचलन गरेको भन्दै चार बुदे असन्तुष्टपत्र मेयर खनाललाई बुझाएका थिए।

नगरसभा सुरु हुनासाथ नगरसभाध्यक्ष मेयर निलमखनालसँग बोल्न समय लिदैँ वराह क्षेत्र नगरसभाका प्रमुखप्रतिपक्षका नेतासमेत रहेका वडानं २का अध्यक्ष हरिकृष्ण भट्टराईले २पाना लामो असन्तुष्ट पत्र वाचन गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);