पोखरा, ६ फागुन । कोरोना संक्रमणका कारण पोखरामा थप एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -११ निवासी ७१ वर्षीया पुरूष रहेका छन् ।
उनको हिजो राती १० : ४७ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मूत्यु भएको हो । उनलाई १०/२९ गते कोरोना पुष्टि भएको थियो ।
यो संगै, गण्डकी प्रदेशमा मृतकको संख्या २०५ पुगेको छ ।