दार्चुलामा दाहाल - नेपाल समूहको बन्दको आंशिक असर | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

दार्चुलामा दाहाल – नेपाल समूहको बन्दको आंशिक असर

वाशु देव बडू
दार्चुला, २२ माघ ।
प्रधान मन्त्री के.पी. शर्मा ओली ले एक तर्फी रुपमा प्रतिनिधी सभा विघटन गरेको विरोध मा नेकपा प्रचण्ड माधव नेपाल समूह ले गरेको देश व्यापी बन्द को आंशिक रुपमा दार्चुला मा पनि असर परेको छ ।बन्द का कारण दार्चुला भित्रिने लामो दुरी का सवारी साधनहरु प्रहरी ले स्कटिङ गरी गन्तव्य मा पुगाएको छ भने जिल्ला बाट बाहिरिने सवारी साधनहरु र छोटो दुरी का सवारी साधनहरु पुर्ण रुपमा बन्द रहेका छन् ।

बन्द का कारण यात्रुहरु अलपत्र परेका छन् ।बन्दका कारण दार्चुला का मुख्य बजारहरु आंशिक रुपमा खुला रहे भने शिक्षण संस्थाहरु , गैरसरकारी संस्थाका कार्यालयहरु पुर्ण रुपमा बन्द रहेका छन् । बन्दका कारण जिल्ला मा कुनै प्रकार को अपृय घटना नघटेको प्रहरी ले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार