एजेन्सी , २३ मंसिर । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ’ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।
समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।