पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन

काठमाडौं, १२ कार्तिक । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।

मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।

तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गर्नुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । काठमाडौँमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि जिवित रहँदा उहाँले व्यक्त गर्नु भएकाे इच्छा अनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);