खनालको प्रश्न : एसपीपी प्रोग्राममा सहभागी नहुने पत्र किन अमेरीकालाई नपठाएको | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

खनालको प्रश्न : एसपीपी प्रोग्राममा सहभागी नहुने पत्र किन अमेरीकालाई नपठाएको

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै असन्तुष्टि जनाएका छन् । खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म किन पत्राचार नभएको र के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार भन्दै उनले सरकारलाई प्रश्न समेत गरेका छन् ?’

बैठकमा बोल्दै खनालले सरकारले चियामा बेवास्ता गरेकोमा आपक्ती समेत जनाएका छन् । उनले मुलुकमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको उनले गुनासो गरे । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको भन्दै खनालले तत्काल चियाको अक्सन सेन्टर खोल्न समेत माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);