माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस्  | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् 

maobadi kendra

काठमाडौं। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अविलम्ब पठाउन माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादीका प्रमुख  सचेतक देवप्रसाद गुरुङले एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाउन माग गरेका हुन् । सरकारले एसपीपीमा सहभागी नहुने भन्दै पत्राचार गर्ने निर्णय गरे पनि हालसम्म पत्र नपठाइएको भन्दै उनले अविलम्ब अमेरिकालाई पत्राचार गरेर नेपाल एसपीपीमा सहभागी नहुने जानकारी गराउन माग गरेका हुन् । गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने र अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर, १९ असारमा परराष्ट्रमन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरिएको र तयारी भने भइरहेको जनाएको थियो ।यसपश्चात बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले एसपीपीमा सहभागी नहुने अविलम्ब अमेरिकालाई पत्र पठाउन माग गरेका हुन् ।

‘सरकारले गरेको एसपीपी सम्झौता नगर्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस्,’ गुरुङले भने, ‘आइपीएसको सदस्य पनि नेपाल बन्न सक्दैन । यसबारे पनि पत्राचार गरियोस् ।

एमसीसी अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगरेको भनिएको विषयलाई पनि प्रष्ट्याउन उनले माग गरे ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि