काठमाडौं, १८ असोज । पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनका बाँके संवाददाता रबिन्द्र घिमिरेलाई मातृशोक परेको छ ।
शनिबार घिमिरेकी आमा लक्ष्मीदेवी घिमिरेको ८९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
ईमाउण्टेन दिवंगत लक्ष्मीदेवी घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।