दाङ, १४ असोज । दाङमा सबै भन्दा बढि २० देखी ४० वर्ष सम्म उमेरका व्यक्तिमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा हाल सम्म २० देखी ४० वर्ष सम्म उम्मेरका ७ सय २८ जना व्यक्तिहरुमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै ५ वर्ष सम्मका १३ जना, ५ देखी १० वर्ष सम्म १४ जना, १० देखी २० वर्ष सम्मका १८४ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
त्यस्तै ४० देखी ५० वर्ष सम्मका १ सय २५ जना, ५० देखी ६० वर्ष सम्मका ६७ जना र ६० वर्ष भन्दा माथीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा सबैभन्दा बढि नागरिकहरु संक्रमित भएका छन् । ९० प्रतिशत नागरिकहरु, ३८ प्रतिशत स्वास्थ्यकमी, ३४ प्रतिशत नेपाली सेना, ४१ प्रतिशत कर्मचारी , ७ प्रतिशत जनप्रतिनिधीमा संक्रमण भएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।
जिल्लामा मंगलबार सम्म १७ हजार १ सय ९ जनाको स्वाब परीक्षण गर्दा ११ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य २४७ जना महिला र ८९८ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
त्यस्तै वितेको २४ घण्टामा दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ५१ जना डिस्चार्ज भएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो । हाल सम्म ९७६ जना डिस्चार्ज भएको र १६७ जना सक्रिय संक्रमितहरु रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै अहिले क्वारेन्टीनमा ७६ जना रहेका छन् । ति मध्य होम क्वारेन्टीनमा ४१ जना रहेका छन् । त्यसैगरी हाल सम्म जिल्लाका १० स्थानियतहमा भारत तथा तेस्रो मुलकबाट ८ हजार ११ जना आएको स्वास्थ्य कार्यालयले जनाएको छ । ति मध्य भारतबाट ७ हजार १ र तेस्रो मुलकुबाट १ हजार १० जना व्यक्तिहरु आएका छन् । जिल्लामा हाल सम्म ३ जना व्यक्तिहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।