Tue, 16 Jan 2018

चेल्सी-लेस्टर बराबरी, टोटनह्याम र वेस्टह्याम विजयी

एजेन्सी, ३० पुष । इङ्लिस प्रिमियर लिगमा गएराति तेस्रो स्थानको चेल्सी आठौं स्थानको लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ ।

चेल्सी गएराति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो । लेस्टर सिटी खेलको ६८ औं मिनेटमा १० खेलाडीमा सीमित भएपनि चेल्सीले त्यसको फाइदा उठाउन सकेन । बराबरीसँगै चेल्सीको २३ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ४७ अंक सहित लिगको दोस्रो स्थानमा छ ।

गएराति भएको अर्को खेलमा टोटेनह्यामले एभरटनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो हाफमा सन हेङ मिनको गोलमा १–० को अग्रता लिएको टोटेनह्यामले दोस्रो हाफमा तीन गोल थप्यो । ह्यारी कानेले २ तथा क्रिस्टियन इरिक्सनले एक गोल गरेपछि टोटेनह्याम ४–० ले विजयी भएको हो ।

गएराति भएका अन्य खेलमा क्रिस्टल प्यालेसले बन्र्लेलाई १–०, वेस्टह्यामले हडर्सफिल्डलाई ४–१ र वेस्टब्रोमले ब्राइटनलाई २–० ले पराजित गरेका छन भने न्युक्यासल र स्वान्सीले १–१ तथा वाटफोर्ड र साउथह्यामटनले २–२ गोलको बराबरी खेलेका छन् । लिग अन्तर्गत आज अपराजित रहँदै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिभरपुलको सामना गर्दै छ भने आर्सनलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दै छ ।

By:

2 days ago VIEWS: 22

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!