देश/समाज
कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त
१० माघ कैलाली । सुदूरपश्चिमकै क्षेत्रको सबैभन्दा बढी सवारीको चाप रहेको कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त भएको छ । बसपार्क भित्रका खाल्डा खुल्डीहरुको सामान्य मर्मत समेत हुन नसक्दा बसहरु पार्किङमा समस्या र होटल व्यवसाय गर्न ब्यापारीको ब्यापार समेत चौपट भएको छ । बार्षिक ५१ लाख भाडा अशुल्ने धनगढी उपमाहनगरपालिकाले भने प्रत्येक बर्ष मर्मत सम्भार भईरहेको जनाएको छ ।
सरकारी उदासिनताले निर्माणमा ढिलाइ
१० माघ, काठमाडौं । यतिबेला कोटेश्वरदेखि कलंकीसम्मको आठ लेनको सडक निर्माण लगभग अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, ठेकेदार कम्पनीको लापरवाही र सरकारवाला निकायको उदाशीनताका कारण तोकिएको मितिसम्म आधा पनि काम नहुने देखिएको छ ।
सहिद सप्ताह सुरु, यसरी मनाईंदैछ सहिद सप्ताह
देशका लागि प्राण त्याग गर्ने सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु, १६ गतेसम्म विविध कार्यक्रम गरि सहिदहरुको सम्झना गरिने
नियन्त्रित लागूऔषध सहित पक्राउ
१० माघ, मोरङ
सुनसरी धरान उपमहानगरपालिका–११ जोर सखुवा बस्ने १६ बर्षीय रंजित बि.क.लाई प्रहरीले नियन्त्रित लागूऔषध एभिल १२ एम्पुल, लुपिजेसिक १२ एम्पुल र डाईजेल्याप १२ एम्पुल सहित पक्राउ गरेको छ । बिराटनगर उपमहानगरपालिका–२१ स्थित बिराटनगर भंसार
जहाँ एउटा सिटामोलको लागि चार दिन पैदल हिडनु पर्छ
बझाङ्,माघ १० । बझाङ्मा सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकि स्वास्थ्यक्रमी बिहिन हुदै आएको छ । स्वास्थ्य चौकी कर्मचारी अभावमा बन्द भए पछि एक चक्कि सिटामोल लिन समेत बिरामीले चार दिनको पैदल बाटो हिडनु पर्ने बाध्यता आईलागेको छ । काडाँ स्वास्थ्य चौकीका ईन्चाज जनक बिष्ट र अनमि मन्धोधरी र्शमाको सरुवा भई अन्य ठाउँमा गएका र अन्य कर्मचारी स्वास्थ्य कार्यालयले नपठाए पछि सात दिन अघि देखि काडाँ स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको हो ।
आजबाट सरकारी वकिलहरुले काम नगर्ने, यस्ता छन् आन्दोलनका एजेण्डा
काठमाडौं । आजबाट सरकारी वकिलहरुले काम नगर्ने, यस्ता छन् आन्दोलनका एजेण्डा सरकारी वकिलले आजदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी नगर्ने भएका छन् ।
नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै
९ माघ नवलपरासी । नवलपरासीका उखु खेती कृषकलाई उखु मिलले दिने भन्दा वढि मूल्य दिएर विचौलीयाहरुले उखु खरिद गरिरहेका छन् । तर महँगो मूल्य पाएपछि हौसिएका सोझा कृषकहरु उखुको तौलमा ठगिएको भेउ पाउन नसक्दा विचौलीयाहरु मोटाईरहेका छन् । नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै आएको पाईएको छ ।
कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन
९ माघ,कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको छ । सिँचाईको पर्याप्त सुविधाका साथै उन्नत जातका बीउ र रासायनिक मल सहज रुपमा उपलब्ध भएपछि यस बर्ष ३ अर्ब ९६ करोड २ लाख २२ हजार मूल्य बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुका बाली विकास प्रमुख अरबिन्दमणि त्रिपाठीले वनाउनुभएको छ ।
नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने
माघ ९ ,दाङ । नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने उदेश्यले दाङमा २ दिने बृहत ऐतिहासीक थारु सांस्कृतीक महोत्सव हुन लागेको छ । आईतबार तुलसीपुरमा थारु अगुवहरुका संगठन महतवा,वडघर र मलमन्सा महासंघ नेपालले पत्रकार सम्मेलन गरि माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा महौत्सव हुने जनाएको छ ।
सरकार धेरै फेरिए,फेरिएन सुस्ताबासीको जीवन
मोहम्मद ईजहार शेख
माघ ६, नवलपरासी ।
नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण वढ्दै गएपछि नवलपरासीका सांसद , प्रमुख जिल्ला अधिकारी , स्थानीय बिकास अधिकारी , प्रहरी प्रमुख लगायत जिल्लाका उच्च पदस्थ ब्यक्ति सहित राजनितिक दलको टोलीले स्थलगत
अनुगमन गरेको छ । करिब ३ सय घरदुरी रहेको त्रिवेणी सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा भारतको विहार राज्यको भेडियारी बजार,उत्तरमा विवादित सुस्ता
उच्च अदालतका न्यायाधीशले आज सपथ लिने
निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने सरकारी वकिलहरुको चेतावनी ५ माघ, काठमाडौँ । उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशले आज पद तथा गोपनियता शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराउने कार्यक्रम छ ।
ट्यांकरसहित चालक त्रिशुली नदीमा वेपत्ता
५ माघ, काठमाडौँ । काठमाडाैँबाट बारातर्फ जाँदै गरेको खाली पेट्रोल ट्यांकर चितवनको चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा खस्दा चालक र ट्यांकर दुबै वेपत्ता भएका छन ।
रामेछापका भूकम्प पीडितको बास यस वर्ष पनि चिसो पालमै
सुमित श्रेष्ठ
४ माघ ,रामेछाप । नेपाल सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने भनेको अनुदान रकम समयमै दिन नसक्दा यस वर्ष पनि रामेछाप जिल्लाका भूकम्प पीडितको जाडो पालमुनी नै वित्ने भएको छ । घर निर्माणको लागि सरकारले अनुदान दिने भनेको पहिलो किस्ता वापतको रकम ढिलो दिंदा बर्खामा घर बनाउन नसकिएको
न्यायालयमा राजनीतिक हस्तक्षेप अनुचित
३ माघ, काठमाडौँ । न्यायालय समेत यतिवेला विवादमा तानिएको छ । न्यायपरिषदले ८० जना न्यायाधीशको सिफारिस गरे पछि विवाद बढेको हो । न्यायपरिषदको विहिबार राति बसेको बैठकले बहुमतका आधारमा नियुक्ति सिफारिस गरेको थियो ।
कपिलबस्तुमा अवैध नदीजन्य निकासीले पर्यटक समस्यामा
बुद्ध स्थल भ्रमणमा आउने पर्यटकहरु सास्ती भोग्न बाध्य शम्भू माली
कपिलबस्तु माघ ३।
प्राचीन तिलौराकोट दरवार क्षेत्र नजिकको रामघाट नाकाबाट जथाभावी नदीजन्य वस्तुको निकासी गर्दा बुद्ध स्थल भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु सास्ती भोग्न बाध्य छन् । दरवारसंगै नदीजन्य वस्तुको संकलन केन्द्र स्थापना र नदीबाट बालुवाहरुको निकासीका कारण यस क्षेत्रमा उड्दै गएको धुलो र विग्रदै गएको
सडक बिस्तारमा मुआव्जा माग गर्दै हेटौंडा बजार बन्द
हेटौंडा,माघ ३ ।
पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको दायावायाँ २५ मीटर सडक बिस्तार गर्दा क्षतिपुर्ती र मुआव्जा दिनुपर्ने भन्दै आज हेटौँडामा बिरोध प्रदर्शन गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक ऐन २०३१ अनुसार राजमार्गको दायावायाँ अतिक्रमणगरी बनेका घर टहरा हटाउन सूचना जारी गरेको बिरोधमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा हेटौंडा बजार समेत बन्द गरिएको




