नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने

माघ ९ ,दाङ । नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने उदेश्यले दाङमा २ दिने बृहत ऐतिहासीक थारु सांस्कृतीक महोत्सव हुन लागेको छ । आईतबार तुलसीपुरमा थारु अगुवहरुका संगठन महतवा,वडघर र मलमन्सा महासंघ नेपालले पत्रकार सम्मेलन गरि माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा महौत्सव हुने जनाएको छ ।

नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने

माघ ९ ,दाङ । नेपालका पाँच जिल्लालाई थारु सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने उदेश्यले दाङमा २ दिने बृहत ऐतिहासीक थारु सांस्कृतीक महोत्सव हुन लागेको छ । आईतबार तुलसीपुरमा थारु अगुवहरुका संगठन महतवा,वडघर र मलमन्सा महासंघ नेपालले पत्रकार सम्मेलन गरि माघ १२ र १३ गते पश्चिम दाङको चखौरामा महौत्सव हुने जनाएको छ । महोत्सवले थारु संस्कृतीको संरक्षणका गरि सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने महासंघका अध्यक्ष डिल्लीबहादुर चौधरीले वताउनुभयो ।

अध्यक्ष चौधरीले चखौरा लगायत पश्चिम नेपालका बिभिन्न जिल्लाका १६ स्थानलाई सांस्कृतीक भिलेजको रुपमा बिकास गरिने बताउनुभयो । सांस्कृतीक भिलेजमा थारु भेषभूषा,पुराना सामान,परम्परागत गीत तथा नृत्यको संरक्षण गरिने र आन्तरीक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा बिकास गरिने योजना रहेको छ । थारु संस्कृतीको संरक्षण र प्रर्बद्धन गर्ने उदेश्यले प्रत्येक बर्ष महतवा,बडघर र भलमन्साह महासंघको आयोजनमा दाङको चखौरामा माघि मिलन तथा बृहत ऐतिहासीक सांस्कृतीक कार्यक्रम हुदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);