अन्य
मदिराको प्रचारप्रसार गरेको भन्दै विधार्थीको विरोध
८ फागुन काठमाडौं । कञ्चनपुरमा जारी १० औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा मदिराको प्रचारप्रसार गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला
श्याम गुप्ता
बारा, ५ फागुन
बाराको गढीमाई नगरपालीका वडा नं.१ स्थित सिमराबाट बेपत्ता भनिएका चार जना स्कुले छात्राहरु भारतको सितामढीमा भेटिएका छन् । स्थानीय सिमरा पब्लिक स्कुलमा पढ्ने ती विद्यार्थीहरु स्कुलबाट आईतवार घर फर्किने क्रममा हराएका थिए । गढीमाई नगरपालिका वडा नं.७ स्थित जीतपुरकी कक्षा पाँचमा अध्ययनर्त ११ वर्षीया जीया गुप्ता , उनकै बहिनी
किसानलाई झुक्याउदैै ३४ विगाहा जग्गा पास
मोहम्मद ईजहार शेष
परासी, फाल्गुन ५ ।
पछिल्लो समयदेखि नवलपरासीमा भु–माफिया गिरोह सक्रिय हुदै गएको छ । रातारात जग्गा खरिद विक्रीले भु–माफिया गिरोह करोडपति बन्दै गएका छन् । जिल्लाका भु–माफिया गिरोह यतिबेला जिल्लाको विभिन्न सार्वजनिकजग्गा, छुट कित्ता, खोला नाला, ८ नंम्बर प्रति र उखडा जग्गहरु समेत विभिन्न कार्यालयका
सेजमा ८ महिनाभित्र बिद्युत ः मन्त्री जोशी
विवेक विश्वकर्मा
भैरहवा, ५ फागुन । बिशेष आर्थिक क्षेत्र (सेज) मा ८ महिना भित्र बिद्युत पुग्ने उद्योग मन्त्री नविन्द्र राज जोशीले आश्वासन दिएको छन । भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र कार्यालयको उदघाटन गर्दै मन्त्री जोशीले उद्योगहरु स्थापना हुदा सम्म सेजमा १ सय ३८ केभिए सम्मको बिद्युत पुगि सक्ने आश्वासन दिएका हुन । कार्यक्रममा बोल्दै
शिक्षा ऐन कार्यान्वयनको तयारी भइरहेको छः शिक्षामन्त्री पौडेल
५ फागुन, काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षा नियमावली छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
बल्ल पूर्णता पायो निर्वाचन आयोगले
५ फागुन, काठमाडौं । तीन जना आयुक्तहरुको सपथ ग्रहणसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ ।
स्थानीय निकाय कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती
क्षेत्रनाथ देबकोटा
बाँके,फागुुन ५ गते । स्थानीय निकायका कर्मचारीको आन्दोलन अझैं सशक्त बनेपछि सेवाग्राहीलाई सास्ती भएको छ । देशभरका स्थानीय निकायमा काम नहुँदा सेवाग्राहीलाई सास्ती भएको हो । स्थानीय चुनाव हुनुपर्ने, स्थानीय निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन हुनुपर्नेलगायत माग राखेर आन्दोलन
धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल ताप्ली पोखरी ओझेलमा
प्राकृतिक सौन्दर्य र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना बोकेर पनि उदयपुरको विकट लेखगाउ गाविसमा रहेको ताप्ली पोखरी ओझेलमा परेको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई
चैतदेखि भाडाका साना सार्वजनिक सवारी साधन विस्तापित गर्ने तयारी
सर्मिला गुरुङ ।
५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जामको समस्या कम गर्न यातायात व्यवस्था विभागले चैतदेखि ठूला सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ । विभागले आगामि चैतदेखि भाडाका साना सार्वजनिक सवारी साधनलाई विस्थापित गर्दै ठूला सावरी साधन संचालनमा ल्याउने भएको हो ।
शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल गर्दैछः शिक्षामन्त्री
४ फागुन, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्न सरकारले पहल थालेको बताउनुभएको छ ।
आउने मंसिरसम्म तीनवटै तहको निर्वाचन हुन्छ ः काँग्रेस सभापति देउवा
फागुन ४, रामेछाप नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । आउने बैशाखमा स्थानीय नीकायको निर्वाचन गरी त्यस पछि मंसिरभित्र संघिय र राष्ट्रिय निर्वाचन गर्नु पर्ने देउवाले बताए ।
डडेल्धुरा जीप दुर्घटनामा ७ जनाको मृत्यु
डडेल्धुरा, फागुन ४ ।
भागेश्वर बाट डडेल्धुरा सदरमुकाम आउदै गरेको से १. ज ८३३ नम्बरको जिप डडेल्धुरा अ.न.पा. २ आईत बजार नजिकै ठुलो खोला भन्ने ठाउमा दुर्घटना हुदा ७ जना को मृत्यु भएको छ । ५ जना को घटना स्थलमै मृत्यु भयो भने २ जना को डडेल्धुरा उपक्षेत्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । घाईते
क्याम्पस प्रमुख थापा सहित ३ जनाको अपरहण
फागुन ४ कैलाली
कैलालीको लम्की स्थित लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भिष्म थापा सहित ३ जना आज अपरहणमा परेका छन् । यसै गरी अपरहण पर्नेमा साहयक क्याम्पस प्रमुख तथा स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन समितिा प्रमुख कमल बिष्ट उप प्राध्यापक अमर रावल अपरहणमा परेका हुन । निर्वाचनको तयारी गरीरहेको अवस्थामा
एमालेले भन्यो–बैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन
फागुन ४, काठमाडौं । नेकपा एमालेले बैशाख अन्तिम सातासम्ममा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । एमालेको बुधबार बसेको पोलिट्व्यूरो बैठकले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्दै बैशाख अन्तिम साताको समय निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
ब्यबसायीक तरकारी खेतीवाट लाखौं आम्दानी गर्दै वेतकोटका किसान
३ फागुन, कञ्चनपुर । आफनै मुलुकमा पसिना वगाउने हो भने पैसाकै लागि विदेशीनु पर्दैन् भन्ने गतिलो उदाहरण पछिल्लो समय देखिदै गएको छ । कञ्चनपुर वेतकोटका एक कृषक आफनै माटोमा सुन फलाउन सफल भएका छन् । हा,े यस्तै कृषिपेशा रोजी सफल भएका छन कञ्चनपुर जिल्ला बेतकोट नगरपालिका वार्ड न. ९ भुडा का दिपेन्द्र राना
स्थानिय निकायका कर्मचारीहरुद्वारा जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन
३ फागुन, धनुषा । विभिन्न ९ बूँदे माग सहित आन्दोलनरत स्थानिय निकायका कर्मचारीहरुले आज जनकपुर नगरक्षेत्रमा विरोध जुलुस प्रदर्शन गरेका छन् । गत माघ २४ गते देखि चरणबद्ध रुपमा आन्दोलन थालेका जनकपुर लगयतका देशभरका स्थानिय निकायका कर्मचारीहरुले हिजो देखि सम्पुर्ण कामकज अबरुद्ध गरी आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले निजामती सेवा र स्थानिय निकायमा कार्यरत




