एमालेले भन्यो–बैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमालेले भन्यो–बैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन

फागुन ४, काठमाडौं । नेकपा एमालेले बैशाख अन्तिम सातासम्ममा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । एमालेको बुधबार बसेको पोलिट्व्यूरो बैठकले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्दै बैशाख अन्तिम साताको समय निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

एमालेले भन्यो–बैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन

४ फागुन, काठमाडौं । नेकपा एमालेले बैशाख अन्तिम सातासम्ममा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । एमालेको बुधबार बसेको पोलिट्व्यूरो बैठकले स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भन्दै बैशाख अन्तिम साताको समय निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठक पछि सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्नपर्ने भुमिकाको विषयमा वैठकमा छलफल भएको जानकारी दिनुभयो । बुधवार नेकपा एमालेको पार्टी कार्यलयमा बसेको पोलिट्ब्युरो बैठकमा अधिकांश सदस्यहरुले निर्वाचनमा जोड दिएका थिए ।

यस्तै बैठकले संविधान जागरण अभियान फागुन २१ गते झापाको काँकडभिट्टा बाट शुरु गरी चैत्र ५ गते महेन्द्रनगरमा समापन गर्ने कार्यक्रम तय गरेको छ । यस्तै फागुन १४ गते हुने स्ववियू निर्वाचनमा आफ्नो वर्चस्व कायम गर्ने गरि अघि बढ्न आफ्नो विद्यार्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);