नेपाल भारत सिमा विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

नेपाल भारत सिमा विवाद उत्कर्षमा

काठमाडौ, १५ जेठ । नेपालको भारतसंगको आयात अन्य मुलुकको तुलनामा निकै असन्तुलित छ । भारतसंग नेपालले जति मात्रामा आयात गर्छ त्यसको तुलनामा एकदमै न्यून निर्यात गर्छ । नेपालबाट वर्षेनी अर्बाै रुपैयाँ असुल्दै आएको भारतले नेपालको भूमि समाबेश गरेर राजनीतिक नक्सा सार्वजनिक गरेसंगै आयात रोकेर भोकै बनाउने धम्की दिदै आएको छ ।

अहिले नेपाल भारत सिमा विवाद उत्कर्षमा पुुगेको छ । नेपालले नयाँ नक्सा सार्वजनिक गरेसंगै भारतीय मिडियाले एकतर्फी रुपमा भारतीय आयातित सामाग्री रोकिदिने धम्की दिदै आएका छन । खाद्यन्न रोकिदिने तथा भोकभोकै बनाइदिने भन्दै नेपाललाई तुच्छ चुुनौती दिदै आएको छ ।

भारतीय सरकार र मिडियाहरुलाई लागिरहेको छ की आयात रोकिदिदा नेपालीहरु बाँच्न सक्दैनन । भोकको छटपटीले नै मर्दछन । भारत मात्र कहाँ हो र ? अधिकाशं नेपाली पनि यो भ्रमबाट पछाडि हटन सकेका छैनौ । किनकी हामी हाम्रो वास्तविकता जान्न र आफुले आफुलाई नै विश्वास गर्न अहिलेसम्म सकिरहेका छैनौ ।

वाणिज्य तथा आपुुर्ति मन्त्रालयबाट जारी श्वेतपत्रमा नेपालले आयात गर्ने मुलुकमा सबैभन्दा बढि भारत रहेको छ । आर्थिक वर्ष २०७५÷ ७६ को आयात तथा निर्यातको सर्वेक्षणलाई मात्र हेर्ने हो भने भारतबाट आयातित हुने सामाग्री ७० प्रतिशत रहेको छ । जुन अन्य मुलुकबाटभन्दा निकै बढी हो । तर नेपालबाट भारतमा हुने निर्यात अत्यन्तै कम रहेको छ ।

आयातमार्फत नेपालले भारतलाई आर्थिक वर्ष २०७५÷७६ मा मात्र १८ अर्व बराबरको योगदान गरेको छ । जुन दक्षिण एसियाली मुलुकमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा हुने आयातको सबै भन्दा बढि हो ।

आयातित बस्तुको मुल्यको मापनको सर्वेक्षणलाई हेर्दा नेपाल भारतसंग आयातित बस्तु तथा सेवामा मात्र निर्भर रहेको स्पष्ट देखिन्छ । आर्थिक रुपमा भने होइन । आयात मार्फत एक वर्षमा १८ अर्ब बराबरको योगदान पु¥याएको मुलुकलाई भारतले भने अनुदानको नाममा तिनदेखि चार अर्व वितरण गर्दैे आएको छ ।

भारतप्रति हामी अनुुग्रहित हुनुपर्छ । हामी भारतविना बाँच्न सक्दैनौ छिमेकीलाई रिसाउन दिनु हुँदैन भन्ने मानशिकताका कारण आज दिन प्रतिदिन भारतको हेपाह प्रवृत्ति बढदै गएको छ । कोरोना भाइरसका कारण अहिले लाखौ नेपालीहरु स्वदेश भित्रिएका छन ।

अव विज्ञान र प्रविधिको प्रयोग गर्देै हामीसंग भएका साना साना कुरामा पनि अवसर खोज्दै अगाडि बढे भारतसंग बर्सेनी आयात मार्फत तिर्देै आएको १८ अर्व रुपैयाँ स्वदेशमै परिचालन हुन सक्छ । देश आर्थिक रुपमा अव्बल हुनुका साथै हेपाह प्रवृत्ति देखाउने छिमेकीलाई गतिलो झापड मिल्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);