जनकपुरधाम, १५ जेठ । प्रदेश न २ सरकार ले संघीय सरकार सित प्रदेश २ का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेको छ ।
प्रदेश न २ का मुख्यमन्त्री लाल बाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गर्नु भएको हो । प्रदेशका करिब १० लाख युवा जनशक्ति वैदेशिक रोजगारीबाट फर्कन सक्ने सम्भावना रहेको पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशका जनताको जिविकोपार्जन माध्यम कृषि र कृषि भूमिको उपलब्धतालाई समेत विचार गरि प्रदेश युवा रोजगार कार्यक्रम र कृषिमा विशेष उत्पादन अभियानको विशेष कार्यक्रम संचालन गर्नु पर्ने आग्रह गर्नु भएको छ ।
प्रदेश २ लाई खाद्यान्न राहत उपलब्ध गराउन चुनौतीपुर्ण रहेकाले संघीय सरकारले राहतका लागि ठोस कार्यक्रम ल्याउन पनि पत्र मार्फत अनुरोध गरिएको छ ।




