नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहत प्याकेज ल्याउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहत प्याकेज ल्याउन माग

कुशल दलामी ,बाँके। बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । पर्याप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाईँ हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ।
बढ्दो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुँदा सो पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताए । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बिहिरबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । किसानहरुलाई सिचाईको लागि डिप बोरींग लगायत अन्य वैकल्पिक व्यवस्था गर्न, सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न बैठकमा कुरा उठेको बताउदै नरैनापुर ४ का अध्यक्ष मनोज शर्माले प्रसस्त पानी नपारेका कारण धान रोपाई हुन नसकेको बताए।

सुख्खा क्षेत्र घोषणा भईसकेकोले किसानहरुका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाँउपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र संघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी छ।
यसैगरी बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);