जल संकटकाे चपेटामा मधेश, खाद्य संकट निम्त्याउने खतरा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

जल संकटकाे चपेटामा मधेश, खाद्य संकट निम्त्याउने खतरा

काठमाडाैं । कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ । खडेरीले मधेश प्रदेशमा धान रोपाईं हुन सकेको छैन । मधेश प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन् । धान रोपाईं समेत प्रभावित भएको छ । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुबैसँग गुनासो गर्दैछन् । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेशका किसान चिन्तित छन् ।

मधेश प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन् । न त सिंचाइको सुविधा पुगेको छ न त वैकल्पिक उपायहरू अपनाइएको छ । धान रोपाईं त परै जाओस् खानेपानीको समेत मधेशमा शुरु भइसकेको छ । मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आईरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ ।

यसले खाद्य संकट निम्त्याउने खतरा समेत बढाएको छ । उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो भने यस वर्ष मनसुनमा समेत पानी नपर्दा मात्र ३६ प्रतिशत धान रोपाईं हुन सकेको छ ।

मधेश प्रदेशले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै वारुणयन्त्र परिचालन गरिएको छ । मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । यही समस्यालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठूलो क्षति हुने बताउनुभयो । कृषिमा आजसम्म ३६ प्रतिशत रोपाईं मात्र भएको बताउनुभयो । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपार्ईं सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताउनुभयो । उहाँले मधेशमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्नु भएको थियो । मधेशमा सतह मुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिंचाई प्रणाली समेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार