ट्रम्पका पूर्व सल्लाहकार स्टोनलाई ४० महिनाको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

ट्रम्पका पूर्व सल्लाहकार स्टोनलाई ४० महिनाको जेल सजाय

roger stone

एजेन्सी, ९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ । अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा र्पुयाएको भन्दै उक्त सजाय सुनाइएको हो ।

त्यसैगरी राष्ट्रपति ट्रम्पलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको पनि उनीमाथि आरोप लगाइएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेपबारे अनुसन्धान गर्नेक्रममा संसदीय समितिहरुमा झुट बोलेर गलत सूचना दिएको आरोप लगाइएको छ । उनी ट्रम्पका छैटौं सहयोगी हुन् । जो न्याय विभागको अनुसन्धानमा जोडिएको आरोपमा दोषी ठहरिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने आफ्ना सहयोगीलाई माफी दिने संकेत गरेका थिए । तर, ट्रम्पको चाहनाविपरीत अदालतको फैसला आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);