काठमाडाैं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुलेका छन् । इन्धन खपत घटाउनको लागि सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने र सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले गरेको यही निर्णय अनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम भएकाे छ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।
योसँगै अब शिक्षाक्षेत्र बाहेकका सबै कार्यालय बिहान ९ बजे खुल्ने छन् भने अपरान्ह ५ बजे बन्द हुने छन् ।





