देशभरका सबै सरकारी कार्यालयको समय आजबाट घट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

देशभरका सबै सरकारी कार्यालयको समय आजबाट घट्यो

काठमाडौं, १६ कात्तिक । देशभरका सबै सरकारी कार्यालय आजदेखि कार्य समय बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने भएको छ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् । यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);