भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

Nepali ko mrityu

काठमाडौं, ८ फागुन । भारतको दक्षिणी राज्य तमिलनाडुको सालेममा सडक दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । ३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको थियो ।

तमिलनाडुको सालेम जिल्लास्थित ४४ नम्बर हाइवेमा दुर्घटना भएको हो । मृत्यु हुनेमा चार जना पुरुष दुई जना महिला छन् । दुर्घटनामा वीरबहादुर राई, टिकाराम चौधरी, गोपाल तामाङ, विष्णु दाहाल, फुलसरी चौधरी र बुधनी चौधरीको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । अधिकांशको हातखुट्टा भाँचिएको र केही ढाडमा समेत चोट लागेको छ । घाइते मध्ये चारजना गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरुको सालेमकै सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस ३४ यात्रुसंगै दक्षिण भारतका विभिन्न तीर्थस्थलको भ्रमणका लागि गत २३ माघमा सुनसरीको दुहबीबाट छुटेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);