कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ८ २०८३, शनिबार

कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

wuhan doctor dead

एजेन्सी, ६ फागुन । कोरोना भाइरसको केन्द्रका रुपमा रहेको चीनको वुहानस्थित अस्पतालका निर्देशकको मृत्यु भएको छ । वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङको कोरोना भाइरसका कारण मृत्यु भएको चिनियाँ सरकारी संचारमाध्यमहरुले जनाएका छन् ।

लिउ बचाउन निकै प्रयास गरिए पनि सफल नभएको अस्पतालको भनाई छ । उनि कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् ।

सन् २ हजार १९ को अन्त्यदेखि चीनको वुहानबाट सुरुभएको कोरोना भाइरसबाट चीनमा मात्र एक हजार ९सय को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । प्राणघातक कोरोना भाइरसबाट वुहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो । चीनबाहिर कोरोना भाइरसबाट ५ जनाको मृत्यु भएको छ भने ५ सय संक्रमित भएका छन् ।

ताजा समाचार