विश्‍वकै धनी व्‍यक्ति बेजोसले १० अर्ब डलर सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विश्‍वकै धनी व्‍यक्ति बेजोसले १० अर्ब डलर सहयोग गर्ने

jeff bezos

एजेन्सी, ६ फागुन । अनलाइन सपिङको विश्व व्यापी संस्था अमेजनका संस्थापक जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि १० अर्ब डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनले बेजोस अर्थ फण्ड मार्फत जलवायू परिवर्तनको असर विरुद्ध १० अर्ब डलर सहयोग गर्ने बताएका छन् ।

१ सय ३० अर्ब डलर बराबरको सम्पत्तीका मालिक बेजोसले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको पनि बताएका छन् ।

बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलवायु परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताए । उनले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);