कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार पुग्यो

corona 2000 dead

एजेन्सी, ७ फागुन । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुगेको छ । हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार भन्दा बढी पुगेको समाचारमा जनाइएको छ । चीनसँग अन्य २६ देशमा पनि फैलिएको कोरोनाको संक्रमण रोक्न विभिन्न देशले चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाको संक्रमण नियन्त्रणमा रहेपनि खतराबाहिर भने नरहेको बताएका छन् । उनले कोरोनाको संक्रमण थप फैलन नदिन गरिएका सावधानीका उपाय पर्याप्त नभएपनि सन्तोषजनक नै रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);