पाकिस्तानमा आत्मघाती बम विस्फोट, सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पाकिस्तानमा आत्मघाती बम विस्फोट, सात जनाको मृत्यु

pakistan quetta blast

एजेन्सी, ६ फागुन । पाकिस्तानको क्वेटा शहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । धार्मिक जुलुसमा भएको विस्फोटमा परेर २५ जना भन्दा बढी घाइते भएका छन् ।

दक्षिण पश्चिम बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लागोभले साम्प्रदायिक समूह अहि सुन्नत वाल जम्मत एएसडब्ल्यूजेले निकालेको धार्मिक र्‍यालीमा बिस्फोट गराइएको जानकारी दिएका छन् । मोटरसाइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको घटनाको कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ ।

एएसडब्ल्यूज निकट सुन्नी मुस्लिम राजनीतिक दलले लामो समयदेखि पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा रहेको शिया मुसलमानलाई पाकिस्तानी कानुन अनुसार गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । एएसडब्ल्यूजको मागसँगै पाकिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);