पाकिस्तानमा आत्मघाती हमलामा ५४ जनाको मृत्यु, २०० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पाकिस्तानमा आत्मघाती हमलामा ५४ जनाको मृत्यु, २०० घाइते

इस्लामावाद, १६ साउन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आत्मघाती हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । यस हमलामा ५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । यो आत्मघाती बम विष्फोट एक ¥यालीमा भएको थियो, जसमा ठूलो संख्यामा मानिसको मृत्यु भएको थियो।

इस्लामिक स्टेटको अफगान शाखाले पाकिस्तानमा सोमबार भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ । यस वर्षको अन्त्यमा हुने चुनावअघि राजनीतिक दलको भेलामा २३ बालबालिकासहित कम्तीमा ५४ जनाको ज्यान गएको थियो । साथै २ सयभन्दा बढी घाइते भएका छन् ।

इस्लामिक स्टेटले आफ्नो वेबसाइटमा एक पोस्टमा यो दाबी गरेको छ । आक्रमणकारीले विस्फोटक भेस्ट लगाएको इस्लामिक स्टेटले जनाएको छ । ¥यालीका क्रममा आक्रमणकारीले आफैंलाई विस्फोट गराएको थियो । यो आक्रमणलाई पछिल्लो समयका प्रमुख आक्रमणका रूपमा लिइएको छ ।

आइतबार खार सहरमा कट्टरपन्थी जमियत उलेमा–ए–इस्लाम–फजल का ४०० भन्दा बढी सदस्यहरू भेला भएका बेला विस्फोट भएको थियो। यस सहरको सिमाना अफगानिस्तानसँग छ ।

व्ग्क्ष्–ँ पाकिस्तान मुस्लिम लिग–नवाजको शेहबाज शरीफको नेतृत्वमा रहेको गठबन्धन सरकारको हिस्सा हो । पाकिस्तानका राजनीतिक दलहरूले आगामी महिनामा हुन लागेको आम चुनावको प्रचारप्रसार सुरु गरिरहँदा यो आक्रमण भएको हो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);