मजदुरमाथि गर्डर मेसिन खस्दा १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मजदुरमाथि गर्डर मेसिन खस्दा १६ जनाको मृत्यु

एजेन्सी, १६ साउन । भारतको ठानेमा मजदुरमाथि गर्डर मेसिन खस्दा १६ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको ठाणेमा रहेको समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति दुर्घटना भएको हो । राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा गर्डर लञ्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

राजमार्गमा राति नै निर्माण कार्य चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार यो गर्डर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अहिले पनि धेरै मजदुर गाडिने डर छ ।

उद्धार कार्य जारी छ। वास्तवमा गर्डर मेसिनको तौल धेरै भएकाले हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने जनाइएको छ । लिन्छ । जानकारी अनुसार करिब १५ शव शाहपुर उपजिल्ला अस्पतालमा ल्याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);