भग्नावशेष हटाउने मेसिन नहुँदा बुवाकै अघि छोरी सदाको लागि अस्ताइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

भग्नावशेष हटाउने मेसिन नहुँदा बुवाकै अघि छोरी सदाको लागि अस्ताइन्

एजेन्सी । टर्की र सिरियामा भूकम्पपछि धेरै भवन पूर्णरुपमा ध्वस्त भएका छन् । धेरै मानिस भग्नावशेषमा पुरिएका छन् । उद्धार कार्य जारी छ। भूकम्पले टर्की र सिरियामा खतरनाक विनाश निम्त्याएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।

अहिलेसम्म २८ हजार १९२ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ७८ हजार नाघेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघीय सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताए । भग्नावशेष सफा गरेपछि शव निकालिनेछ। उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । तर कहिले रोकिने हो थाहा छैन ।

सिरियामा समयमै सहयोग पुग्न सकेको छैन। यसको कारण भूकम्पपछि सडकमा थुप्रिएको फोहोर हो । हरेम सहरमा एक बुबाले आफ्नी छोरी भग्नावशेषमुनि गाडिसकेको तर कसैले सहयोग नगरेको बताए । अबु अलीले भने– भूकम्प गएको एक दिनपछि पनि मेरी छोरी जीवित थिइन् । भग्नावशेषमा पुरिएको २४ घण्टा बितिसक्दा पनि सहयोग पुग्न सकेको छैन । हामीसँग भग्नावशेष हटाउने मेसिन थिएन। हामी मद्दतको लागि पर्खिरहेका थियौं। धेरै समय बितिसक्यो । मैले आफ्नै हातले उसको शव निकालेँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);