देवरले भाउजुुमाथि आगो लगाउँदा आफू पनि गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

देवरले भाउजुुमाथि आगो लगाउँदा आफू पनि गम्भिर घाइते

एजेन्सी । भारतको गुरुग्रामको पटौदी थाना क्षेत्र अन्तर्गत रहेको ऊँचा माजरा गाउँमा शनिबार एक ४० वर्षीया महिलालाई उनको देवरले तेल छर्काएर आगो लगाएका थिए । तर, यही क्रममा आफू पनि आगोमा परे । गम्भीर रूपमा जलेका दुई देवर भाउजुको दिल्लीको सफदरजंग अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार अभियुक्त हेम करणले भाइकी श्रीमती कैलाश देवीलाई झगडाका क्रममा तेल हालेर आगो लगाएका थिए । गम्भिर आगोमा जलेका ती महिला र उनको भाउजु दुवैलाई अस्पताल लगिएको थियो, जहाँबाट उनीहरूलाई दिल्लीको सफदरजंग अस्पतालमा रिफर गरिएको थियो।

प्रहरी प्रवक्ता सुभाष बोकेनले पटौदी प्रहरी चौकीमा हेम करण विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बताए । घटनाको अनुसन्धान भइरहेको छ ।

Leave a Reply