पाकिस्तानमा बम विस्फोटमा परी १ सय २८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाकिस्तानमा बम विस्फोटमा परी १ सय २८ को मृत्यु

bom blast

एजेन्सी, ३० असार । पाकिस्तानमा चुनावी कार्यक्रमलाई लक्षित गरेर गराइएको शक्तिशाली बम विस्फोटमा १ सय २८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा पर्ने मास्टुंग शहरमा गराइएको आत्मघाती विस्फोटमा परी स्थानीय उम्मेदवारसहित १ सय २८ जनाको मृत्यु भएको हो । विस्फोटमा परी १ सय ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मास्टुंग शहरमा गराइएको विस्फोट सन् २०१४ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

आतंकवादी संगठन इस्लामिक स्टेटले विस्फोटको जिम्मा लिएको छ । पाकिस्तानमा यहि जुलाइ २५ मा हुन लागेको निर्वाचनलाई लक्षित गरेर चुनावी प्रचारप्रसारले तिब्रता पाउँदा विस्फोटका घटना बढेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);