१३ औं साग : पदक तालिकामा भारत शीर्ष स्थानमा, नेपाल दोस्रो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१३ औं साग : पदक तालिकामा भारत शीर्ष स्थानमा, नेपाल दोस्रो

saag

काठमाडौं, २२ मंसिर । नेपाल जारी १३ औं साग प्रतियोगितामा भारतले आफ्नो शीर्ष स्थान कायमै राखेको छ । नेपाल भने दोस्रो भएको छ । आइतबारको पछिल्लो पदक तालिका अनुसार भारतले १ सय १४ स्वर्ण, ७१ रजत र ३७ कास्य सहित २सय २२ पदक जितेर अग्रस्थानमा रहेको छ । त्यसै गरी नेपाल ४५ स्वर्ण, ३६ रजत, र ६८ कास्य सहित १ सय ४९ पदक जितेर दोश्रो स्थानमा छ ।

श्रीलंका ३१ स्वर्ण जितेर तेस्रो स्थानमा रहेको छ । पाकिस्तानले २६ स्वर्ण जितेको छ भने बंगलदेशले ८ स्वर्ण, मालदिभ्सले १ स्वर्ण जितेका छन । त्यसै गरी भुटानले ६ कास्यपदक हात पारेको छ ।

नेपाली पौडीवाज गौरिका सिंहले आइतबार थप एक स्वर्ण जितेकी छन् । आजको जित सँगै उनले कुल तीन स्वर्ण पदक जितेकी छिन् ।

उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितिसकेकी छिन् । सागको एउटै आयोजनामा ३ वटा स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन् ।

जुडोमा नेपालकी देविका खड्काले स्वर्ण जितेकी छिन् । आइतबार सातदोबाटोस्थित कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् । योसँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।

भारोत्तोलनमा आइतबार नेपालले थप १ रजत र १ कास्य जितेको छ । योसँगै १३ औ सागमा भारोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ । आइतबार सागर भण्डारीले पुरुष १ सय ९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जितका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);